सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : माधव नेपाल


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताएका छन् ।

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस नगरेको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए ।

मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा आफ्नो पार्टीले संसद् चल्दा संसदमा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उनले बताए ।

उनले भने, ‘अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटि बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौँ ।’

अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज माग पूरा गर्नुपर्ने बताए । उनले आवश्यक कुराहरू विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय दिनुपर्ने बर्ताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस