२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महासमिति बैठक मंसिरमा गर्ने तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले मंसिरमा हुने महासमिति बैठकका लागि तयारी सुरु गरेको छ। पार्टीले लिने नीति तय गर्न काँग्रेसले मंसिर १३, १४ र १५ गते महासमिति बैठक गर्न लागेको हो।

बैठक तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।

समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापति, भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन्।

काँग्रेसले ०७८ मंसिरमा १४ औँ महाधिवेशन गरेको थियो। नीतिबारे छलफल नगरी महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो।

त्यसबेला महाधिवेशनको छ महिनापछि नीति अधिवेशन गर्ने केन्द्रीय समितिबाटै निर्णय भएको थियो। तर नीति अधिवेशन नगरी महासमिति बैठक गर्न लागिएको हो।

१४ औँ महाधिवेशनमा काँग्रेसले विधान पारित गरेको थियो भने सभापतिमा शेरबहादुर देउवासहित १३४ जना केन्द्रीय सदस्यलाई निर्वाचित गरेको थियो।

काँग्रेस केन्द्रीय समिति १६८ सदस्यीय रहने व्यवस्था छ।

सभापति देउवाले समावेशी सिद्धान्तअनुसार ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अहिलेसम्म ३१ जना मनोनीत गरेका छन्। सभापतिमा पराजित शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भएका थिए।

‘पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन गरी छलफल गर्ने वैधानिक प्रावधान राखिएकोमा नीति महाधिवेशनको काम महासमितिले नै गर्ने गरी साउनको केन्द्रीय समितिले महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरिसकेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्।

प्रतिक्रिया दिनुहोस