दोलखाको सिँगटीबाट ४ किलो सुनसहित ३ जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दोलखाको सिँगटीबाट ४ किलो सुनसहित ३ जना पक्राउ


११ आश्विन २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । दोलखाको लामा बगर क्षेत्रबाट प्रहरीले बुधबार राति चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रूपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो।

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले प्रशासनलाई जानकारी दिए।

उनकाअनुसार ठूलो परिमाणमा पैदल मार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्‍यवसायी महासंघमा पठाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस