बेल्जियमको लिलामी गृहमा भेटियो पशुपति क्षेत्रको पुरातात्त्विक परशुराम मूर्ति   « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बेल्जियमको लिलामी गृहमा भेटियो पशुपति क्षेत्रको पुरातात्त्विक परशुराम मूर्ति  


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । पशुपति परिसरबाट ४० वर्षअघि चोरिएको ११ औँ शताब्दीको परशुराम प्रतिमा बेल्जियमको एक लिलामी गृहमा पाइएको छ । युरोपभर अनलाइन सामान खरिदबिक्री गर्ने ‘काटाविकी अक्सन’ मा २०२० नोभेम्बरमा यो सम्पदा बिक्री भएको पाइएको छ ।

चोरिएका वा हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा सक्रिय ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, पशुपतिनाथ क्षेत्रको रुद्ररागारेश्वरबाट २०४० सालतिर चोरिएको यो विशिष्ट सम्पदाका बारे कला अन्वेषक लैनसिंह वाङ्गदेलले पनि आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरेका छन् ।

अर्का स्वीस कलाविद् उल्रीच भोन स्क्रोडरले आफ्नो कृति ‘नेप्लीज स्टोन स्कल्प्चर’मो यो पुरातात्त्विक प्रतिमाको तस्बिर राखेका छन् । यो प्रतिमाको पुष्पमान चित्रकारले २०३६ सालमा खिचेको तस्बिरलाई स्क्रोडरले आफ्नो कृतिमा सङ्कलन गरेका हुन् । बैंककमा बस्ने सम्पदाप्रेमी विद्यार्थी निश्चल श्रेष्ठले चोरी भएको परशुराम प्रतिमाको बेल्जियम लिलामी गृहमा रहेको आधार तथा प्रमाण पहिल्याएको लस्ट आर्टस् अफ नेपालले बताएको छ । अन्वेषक वाङ्गदेलले प्रतिमाको व्याख्यामा भनेअनुसार, परशुरामले आफ्नो देब्रे हातमा पानीको भाँडो र दाहिनेमा फूलमाला लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस