सरकार क्विन्टलका दरले सुन तस्करीमा लागेको छ : ओली  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार क्विन्टलका दरले सुन तस्करीमा लागेको छ : ओली 


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सुन तस्करीमा लागेको आरोप लगाएका छन् । सरकार नै क्विन्टलका दरमा सुन तस्करीमा लागेको ओलीको आरोप छ ।

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका ओलीले सरकारमाथि सुन तस्करीको आरोप लगाएका हुन् । सत्ता स्वार्थका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेसुकै गर्न तयार रहेको पनि उनको भनाइ थियो ।

‘सत्ता स्वार्थका लागि गठबन्धन सरकार जेसुकै गर्न पनि तयार छ । विमानस्थलमा क्वीन्टल सुन आएको पनि देख्दैन । चेकजाँच मेसिन कराउँदै छ । त्यहाँ बस्नेले लैजा-लैजा भनेर क्वीन्टल सुन बाहिर पठाउँछ, ’उनले भने ।

सरकार काक्रा चोरेर बियाँ सार्न आफ्नो पार्टीतिर आउने गरेको ओलीको भनाइ थियो ।

त्यस्तै, अहिलेको सरकार लम्पसारवाद गठबन्धन भएको पनि ओलीले बताए । एमालेले सरकारको नेतृत्वमा जान भन्दा पनि मुलुकमा समृद्धि चाहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस