नेपाल टाइब्रेकरमा भारतसँग पराजित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल टाइब्रेकरमा भारतसँग पराजित


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो ।

प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित भयो ।

यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए ।

तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।

अहिलेको खेल जित्ने टिम भारतले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । पाकिस्तान भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस