चिकित्सकहरूप्रति दुर्व्यवहार नगर्न ओलीको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिकित्सकहरूप्रति दुर्व्यवहार नगर्न ओलीको आग्रह


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरूप्रतिको दुर्व्यवहार बन्द गरी सम्मान र हार्दिकता विकास गर्न अपिल गरेका छन्।

अध्यक्ष ओलीले बुधबार आजभोलि उपचार गरिरहेका चिकित्सकहरूलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखिरहेको उल्लेख गर्दै उनीहरूप्रति दुर्व्यवहार बन्द गर्न भनेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरूलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ, डाक्टरहरू प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरूमाथि आक्रमण भएपछि अहिले देशभरिका चिकित्सकहरू आन्दोलनमा छन्। सोमबार उपचारका लागि ल्याइएकी एक बिरामी महिलाको निधन भएपछि उनका आफन्तहरूले चिकित्सकमाथि आक्रमण गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस