अनुदान नआएको भन्दै शिक्षकलाई अवकाश दिन नगरपालिकाको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनुदान नआएको भन्दै शिक्षकलाई अवकाश दिन नगरपालिकाको निर्देशन


१० आश्विन २०८०, बुधबार


काभ्रेपलान्चोक । बनेपा नगरपालिकाले सङ्घीय सशर्त अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकलाई अवकाश दिने भएको छ ।

आइतबार भएको नगर शिक्षा समितिको बैठकले स्रोत अभावका कारण सङ्घीय सशर्त अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकलाई तलब, भत्ता उपलब्ध गराउन नसक्ने भन्दै सोमबारदेखि विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको हो ।

नगरपालिकाले आइतबार सङ्घीय सशर्त अनुदान अन्तर्गत कुनै पनि दरबन्दी नभएका सामुदायिक विद्यालयमा गणित, विज्ञान तथा अङ्ग्रेजी विषयका शिक्षक व्यवस्थापनका लागि शिक्षण सहयोग अनुदान उपलब्ध गराउँदै आएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ “सङ्घीय सरकार शिक्षा तथा मानव स्रोत विभागबाट चालु आर्थिक वर्षका लागि शिक्षण सहयोग अनुदान रकम प्राप्त नभएको हुँदा उक्त शीर्षकबाट तलब, भत्ता पाउने गरी नियुक्त भएका शिक्षकलाई स्रोत अभावका कारण सोमबारदेखि सेवा निरन्तरता नदिने नगर शिक्षा समितिको आइतबारको बैठकले निर्णय गरेको छ।”

नगरपालिकाले शिक्षण सहयोग अनुदान अन्तर्गत रहेका शिक्षकलाई अवकाश गरी कार्यालयमा जानकारी गराउनसमेत भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस