अभियन्ता ईः र काठमाडौँ महानगरबीचको वार्ता निष्कर्षविहीन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अभियन्ता ईः र काठमाडौँ महानगरबीचको वार्ता निष्कर्षविहीन


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौँ महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भए पनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको वार्ताका एक सहभागीले बताएका छन् ।

ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । सोमबार मेयर बालेन साहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रिय सभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए ।

त्यसपछि नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपछि मेयर र अभियन्ताबीच आरोप-प्रत्यारोप भएको थियो ।

मंगलबार बिहान उपमेयर सुनिता डङ्गोल पनि अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयरले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस