दशैंमा एकजनाले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साट्न पाउने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दशैंमा एकजनाले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साट्न पाउने


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि तयारी सुरु गरेको हो ।

राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ । यस वर्ष पनि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारीमा रहेको छ । अहिले राष्ट्र बैंकले कति नोट चाहिने हो भने बैङ्कहरूसँग तथ्याङ्क माग गरेको बताएको छ ।

राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने जनाइएको छ । बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस