२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा विश्वासको मत लिनुअघि बजेट पास गर्ने तयारी

अ+ अ-

काठमाडौँ। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेश सभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् ।

२२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०–८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरूको तयारी रहेको एक मन्त्रीले बताए ।

कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट ३२ जेठमा अध्यादेशबाट ल्याएको थियो । त्यसपछि १५ असारमा प्रदेशसभामा टेबल गरे पनि मुख्यमन्त्री कार्की विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

त्यसपछि मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले बजेट पारित गराउन कोसिस गरेका थिए । तर विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिले मतदान गरेको विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएपछि सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकको प्रक्रिया नै सुरु गर्न पाएन ।

सरकारले कुनै अध्यादेश ल्याएपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर १० भदौमा ६० दिन पुगेर अध्यादेश निष्क्रिय भई कोशीमा बजेट शून्यताको स्थिति आएको थियो ।

२१ भदौमा सर्वोच्चले थापा पदमुक्त हुने फैसला गरेपछि २२ भदौमा कार्की पुनः मुख्यमन्त्री नियुक्त भए र सरकारले २४ भदौमा आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेको छ ।

ती मन्त्रीका अनुसार राजनीतिक सहमतिका आधारमा बजेट अध्यादेश पास गरेपछि विश्वासको मत लिने सरकारको छ।

फेरि बजेट शून्यताको अवस्था आउन नदिन दलहरुबीच सहमतिका आधारमा बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस