शिक्षकहरूद्वारा सिट्ठी फुकेर विरोध प्रदर्शन « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शिक्षकहरूद्वारा सिट्ठी फुकेर विरोध प्रदर्शन


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । राहत शिक्षकहरूले सिट्ठी फुकेर प्रदर्शन गरेका छन्।

काठमाडौँको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिट्ठी फुकेर प्रदर्शन गरेका हुन्।

उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफूहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा छन्।

सुरूमा राहत शिक्षकहरू पनि नेपाल शिक्षक महासङ्घको आह्वानमा आन्दोलनमा थिए। तर उनीहरूसँग सरकारले सहमति गरेसँगै राहत शिक्षकहरूले बेग्लै आन्दोलन गरिरहेका छन्।

मुलुकभरका सरकारी विद्यालयमा करिब ४० हजार राहत शिक्षक छन्।

दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकलाई स्थायी गर्ने बाटो खुला गर्नुपर्ने, अस्थायी सेवा अवधि पनि गणना गर्नुपर्ने, शिक्षा ऐन जारी गर्नुअघि नियुक्त भएका शिक्षकलाई पेन्सन व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर राहत शिक्षक आन्दोलनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस