आन्दोलनरत राहत शिक्षकसँग कांग्रेसले वार्ता गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आन्दोलनरत राहत शिक्षकसँग कांग्रेसले वार्ता गर्ने


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँमा आन्दोलनरत राहतका शिक्षकहरूसँग आज नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत राहत शिक्षकहरूसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।

वार्ताका लागि कांग्रेसले शिक्षकहरूलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।

विधेयकविरुद्ध गत असोज ३ गतेदेखि आन्दोलन गर्दै आएका शिक्षक महासङ्घको नेतृत्व र सरकारबीच असोज ५ गते सहमति भएको थियो । सहमतिसँगै शिक्षक महासंघले आन्दोलन स्थगित गरेका थिए । तर उक्त सहमतिमा असन्तुष्ट जनाउँदै राहतका शिक्षकहरूले भने काठमाडौंमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस