एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र आज हुँदै छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा उद्घाटन गरेको अधिवेशनको बन्दसत्र भने आज हुने भएको हो । बन्दसत्र बिहान ८ बजेबाट प्रज्ञा भवन कमलादीमा सुरु हुने बताइएको छ ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, साङ्गठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले बागमतीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस