बक्सिङमा रविन विजयी « प्रशासन
Logo २० मंसिर २०८०, बुधबार
   

बक्सिङमा रविन विजयी


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । १९औँ एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरेका छन् । 

हान्झाउ जिम्न्यासियममा भएको खेलमा रविन अङ्कका आधारमा ४-१ ले विजयी भएका हुन् ।

रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।

रविन आफ्नो स्पर्धामा अन्तिम १६ मा पुग्दा अञ्जलि भने सोमबारै अर्को खेलमा पराजित हुँदै बाहिरिइसकेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस