सभामुखले भने-विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक आयो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुखले भने-विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक आयो 


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफल नै नगरेको बताएका छन्।

झापाको बिर्तामोडमा सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले अहिले नयाँ शिक्षा विधेयकले समस्या ल्याउनुको मुख्य कारण बिना छलफल विधेयक तयार पारिएको बताएका हुन्।

उनले संसदमा टेबुल भएका सबै विधेयकमा गहिरो छलफल गराउने प्रतिबद्धता व्यक्त गरे। छलफलबिना प्रस्तुत भएका विधेयकले समस्या समाधान गर्ने भन्दा बढाउने भएकाले संसदमा त्यसबारे गम्भीर छलफल गराउने उनले बताए।

सुन तस्करी काण्डमा उच्चस्तरीय आयोग गठनको विषयमा छलफल सहमतिमा नपुगेकाले फेरि पनि संसद अवरोध हुन्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस