अब आइटी पढ्नेलाई नि शुल्क इन्टरनेट, छोरीमात्र पाउनेलाई ५० हजार  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अब आइटी पढ्नेलाई नि शुल्क इन्टरनेट, छोरीमात्र पाउनेलाई ५० हजार 


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १२ ले मातहतका विद्यालयहरूमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग गर्ने भएको छ ।

नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतमा आइसिटी कक्षाको रूपमा विकास गर्ने भएको छ भने विद्यालयहरूमा इन्टरनेट निःशुल्क गर्ने भएको छ ।

विद्यालयहरूमा प्राविधिक क्षेत्रमा अध्ययन गर्नेलाई प्रोत्साहन र विद्यालयहरूमा डिजिटल कक्षाको विकास गर्दै आइटी बढ्ने विद्यार्थीलाई पनि वडाले नै निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको हो ।

वडाले नीति तथा कार्यक्रममै समावेश गराएर प्राविधिक शिक्षा पढ्नेलाई प्रोत्साहन र विद्यालयहरूलाई डिजिटल बनाउँदै पूर्वाधार सुधारमासमेत जोड दिइएको वडाले जनाएको छ । 

वडाले सबैजसो विद्यालयमा कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति लिएको छ । 

छोराछोरीबीच समानता ल्याउन र समाजमा वंश धान्ने नाममा छोरै चाहिन्छ भन्ने मान्यता हटाउन पोखरा-१२ मा छोरीमात्र पाउने दम्पतीलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ । २ वटासम्म छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई ५० हजार रुपैयाँ वडा दिने नीति पनि लिइएको वडाको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस