आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस