नालायक सरकार टिपेर मिल्काइहाल्नुपर्छ : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नालायक सरकार टिपेर मिल्काइहाल्नुपर्छ : ओली


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुङ्गाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ, ‘ओलीले भने,  ‘यो सरकारले जनता हेर्दैन । जता पनि सुनमात्रै हेर्छ । ब्रेक-सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।’

उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए ।

अहिले काँग्रेस पार्टी बिचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । ‘काँग्रेस त के पार्टी छ भन्नु र ?, ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन ।’

सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न नसकेको र सदन चलाउन नसकेको उनले बताए ।

उनले प्रधानमन्त्री विदेश भ्रमणमा हुँदा किन सदन नचलाएको भन्दै प्रश्न गरे । ‘के प्रधानमन्त्री भ्रमणमा हुँदा सदन चलाउनु मिल्दैन ?, ओलीको प्रश्न थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस