९० जना ज्येष्ठ नागरिकलाई धनगढी उपमहानगरले पठायो तीर्थयात्रामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

९० जना ज्येष्ठ नागरिकलाई धनगढी उपमहानगरले पठायो तीर्थयात्रामा


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका जेष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ।

आज धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाउँदै सम्मानसहित बिदाइ गरेको छ।

नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानालगायत जनप्रतिनिधिले टीका र खादा लगाएर बाजागाजासहित जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि धनगढीबाट बिदाइ गरेका छन्।

उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई सम्मान र जेष्ठ नागरिकका लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन जेष्ठ नागरिकलाई उपमहानगरको खर्चमा तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताएका छन् । 

साथै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने मेयर हमालको भनाइ छ। उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस