खेलाडीले अझै पाएनन् सरकारले घोषणा गरेको पुरस्कार, कप्तान पौडेल भन्छन् ‘आशावादी छौँ’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

खेलाडीले अझै पाएनन् सरकारले घोषणा गरेको पुरस्कार, कप्तान पौडेल भन्छन् ‘आशावादी छौँ’


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन् ।

१९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतबार काठमाडौँमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ?’

कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् । उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । यो प्रतियोगिताले आइसिसी टी-२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस