आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै गृहमन्त्रीको असन्तुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै गृहमन्त्रीको असन्तुष्टि


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।

अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।

‘सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्दैन भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसद्लाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मूल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्धतिमा चल्नु पर्‍यो ।’

साथै उनले आएको बेलामा सबै विषयमा प्रश्न राख्ने भने संसदमा जस्तै प्रश्नोत्तर राख्न सुझाए । ‘म आएको बेलामा सधैँ यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ छन् भन्ने हुन्छ र !’

Tags :
प्रतिक्रिया दिनुहोस