माटोको ढिस्कोले पुरिएर एकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु


६ आश्विन २०८०, शनिबार


बर्दिया । मधुवन नगरपालिका-३ खातामा आज ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस