उच्च अदालतद्वारा उत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण माग  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उच्च अदालतद्वारा उत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण माग 


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा ‘सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई अवार्डको मूल्याङ्कनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र पनि झिकाउन आदेश दिएको अदालतले जनाएको छ ।

फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायाङ्कन भएको थलो जुम्लाको सिञ्जाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै बिहीबार रिट दायर गरेका थिए । उनीहरूले जुरीको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै निवेदन दिएका थिए ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।

खासगरी सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई उक्त फिल्ममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा उक्त विधामा पुरस्कार नबाँडिएको भन्ने प्रतिक्रिया पनि आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस