२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३९ शाखा अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ? 

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका ३९ जना शाखा अधिकृत तथा सो स्तरीय कर्मचारीहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक तथा प्रशासनतर्फका अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय सतर्कता केन्द्रकी इन्जिनियर मनीषा भट्टराईको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रकाश पौडेलको गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मित्रलाल भट्टराईको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सर्वोच्च अदालत वा अन्तर्गतका बोधनाथ पौडेलको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृह मन्त्रालयका गणेश प्रसाद कोइरालाको जिल्ला समन्वय समितिको कार्यालय दैलेख, सङ्घीयमा दरबन्दी रही काजमा सत्य निरूपण तथा मेलमिलापमा कार्यरत तुल बहादुर काउचा र दिनेश के.एम.को गृह मन्त्रालयमा सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका राजन पाण्डेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृह मन्त्रालयका विष्णु साहनीको राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालयकै वरदान सेजुवाल र राजेन्द्र कुमार कार्कीको क्रमशः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृतद्वय माधव प्रसाद पोखरेल र विमला क्षेत्रीलाई क्रमशः गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ । 

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी विना नेमकुल श्रेष्ठको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका भक्त बहादुर खड्का सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका इन्जिनियर सरोज आचार्यको जिल्ला समन्वय समितिको कार्यालय कास्की, सामान्यको अतिरिक्तमा दरबन्दी रही मुख्यमन्त्री कार्यालय बागमतीमा काज रहेका हरि प्रसाद अधिकारी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी पशु चिकित्सक रुविना शाह वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालयका सुवास राई जिल्ला समन्वय समिति मोरङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गणेश प्रसाद आचार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र निर्वाचन आयोगकी रंजीता झा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ । 

यसैगरी अर्नमा गाउँपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंह राष्ट्रिय योजना आयोग, जिल्ला समन्वय समिति सिरहाकी द्रोपती कुमारी यादव अर्नना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो पकाहा नैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका हुमलाल भुसाल सुस्ता गाउँपालिका नवलपरासी र त्यहाँका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ । 

मन्त्रालयले सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवलाई हरिपूर्वा नगरपालिका सर्लाही, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नागेन्द्र यादवलाई लक्ष्मीनिया गाउँपालिका धनुषा, लक्ष्मीनियाका राम उदगार अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र लुम्बिनी मुख्यमन्त्री कार्यालयका कृष्ण प्रसाद ज्ञवालीलाई इश्मा गाउँपालिका गुल्मीमा सरुवा गरेको छ । 

यस्तै माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई जिल्ला समन्वय समिति पाँचथर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कुमार बस्नेतलाई माईजोगमाई गाउँपालिका इलाम, निर्वाचन आयोगका रेवत बहादुर बुढाथोकीलाई सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, तातोपानी गाउँपालिकाका टेक बहादुर बुढथापालाई बेथानचोक गाउँपालिका, बेथानचोकका खेमराज छिनाललाई तादी गाउँपालिका नुवाकोट, फिक्कल गाउँपालिका सिन्धुलीका राजेन्द्र कार्कीलाई मकवानपुर गढी गाउँपालिका, साकेला गाउँपालिका खोटाङका महेश राईलाई खोटेहाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकर कुमार साहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरलाई गौशाला नगरपालिका महोत्तरीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको विवरण प्रशासन विशेष ब्युरोलाई प्राप्त भएको छ । 

पछिल्लो समय मन्त्रालय सरुवा आतङ्क तथा निमित्त प्रथा रोक्न लागि परेको छ । स्थानीयका अनुभवी सचिव विनोद प्रकाश सिंहले आवश्यकता अनुसार न्यायिक सरुवा तवरले मात्रै सरुवा हुने भन्दै मनलाग्दी सरुवा नहुने बताएका छन् भने मन्त्री अनिता देवी साहले पनि नागरिकलाई सहज सेवा प्रदान गर्ने गरी कर्मचारीको व्यवस्थापन गर्दै अस्थिरता हटाउने बताउँदै आएकी छिन् । 

प्रतिक्रिया दिनुहोस