२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्कामा हुने यू-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । श्रीलङ्कामा आगामी जनवरी १३ देखि हुने १५ औँ आइसिसी यू–१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसहित समूह डीमा परेको छ।

नेपालले पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ। समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने अन्तिम खेल जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ।

आइसिसीले यो संस्करणमा प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरेको छ।

१६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

दुई समूहको शीर्ष तीन टोली रहेको सुपर सिक्स चरणमा हरेक टोलीले दुई खेल खेल्ने छन्। अर्को समूहबाट आफ्नोभन्दा फरक स्थानमा छनौट भएका टोलीसँग यी दुई खेल हुने छन्।

नेपाल रहेको समूह डीका टप थ्री टोली भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका रहेको समूह एका टप थ्री टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।

समूह बीमा रहेका इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्डमध्ये शीर्ष तीन टोलीले समूह सीमा रहेका  अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबियाबाट छानिएका शीर्ष तीन टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।  

समूह एको चौथो टोलीले समूह डीको चौथोसँग र समूह बीको चौथो टोलीले समूह सीको चौथोसँग खेलेर प्रतियोगिता टुङ्ग्याउने छन्।

सुपर सिक्स चरणमा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनौट हुने छन्।

प्रतिक्रिया दिनुहोस