महानगरद्वारा सडकमा माटो झार्ने बिलिल कन्टेकलाई ५० हजार जरिवाना « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

महानगरद्वारा सडकमा माटो झार्ने बिलिल कन्टेकलाई ५० हजार जरिवाना


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

शुक्रबार बिहान काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा बिलिल कन्टेकले सडकमै माटो झारेको पाइएपछि जरिवाना तिराइएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार नै सडक पेटीमा निर्माण सामग्री राखी सडक अवरुद्ध गरेको भन्दै वडा नम्बर ९ तिलगंगा निवासी सुदर्शन कँडेललाई पनि २५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस