एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।

चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार १२ : ४५ बजे सुरु हुनेछ ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।

नेपालले यसअघि भियतनामसँग दुई पटक खेलेको छ । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस