काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।
बैठक बिहान साढे १० बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेछ ।
पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ ।