डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ


४ आश्विन २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरू छन् । उनीहरूसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि गत वैशाख ५ गते  र १२ गते युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस