लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिने छैनौँ : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिने छैनौँ : ओली


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दीपावली तथा संविधान साँझ आयोजना गरेको छ ।

साँझ सात बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुका साथै जङ्गी निशानको गीत घन्काएका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पङ्क्तिले संविधान साँझ मनाए ।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने सङ्कल्प जनस्तरबाटै गर्नुपरेको बताए ।

ओलीले भने, ‘लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ, यस बगैँचालाई राष्ट्रिय एकता र उज्याले नेपालको प्रतीकको रूपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ व्यापक र भव्य ढङ्गले जनताको घर घरमा मनाउनेछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस