विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिईने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिईने


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आफन्तको मृत्युपछि गरिने दाहसंस्कार खर्च दिन सुरु गरेको छ ।

आफन्तको मृत्युपछि गरिने दाहसंस्कारका लागि विपन्न पीडित परिवारलाई ५ हजार रुपैयाँ खर्च दिन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका–७ का स्थानीय ७६ वर्षीय छङ्‍गा रानाको अन्तिम संस्कारका लागि मेयर गोपाल हमालले नगर प्रहरीमार्फत ५ हजार रुपैयाँ रानाको परिवारलाई उपलब्ध गराएका छन् ।

दाहसंस्कार बापत उपमहानगरपालिकाले पहिलो पटक आर्थिक सहयोग घोषणा गरेको हो । दाहसंस्कार अगाडि नै १८१०५००००९० टोल फ्री नम्बरमा फोन गरेर सहयोग मागे उपलब्ध गराउने हमालले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस