अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अष्ट्रेलियन लिग खेल्न किशोर महतो अष्ट्रेलिया प्रस्थान


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनले नेपाल क्रिकेट सङ्घ (क्यान)को अनुमति लिएर फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन् । उनले अस्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ ।

उनले राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अष्ट्रेलिया गएका हुन् ।

राष्ट्रिय टिमका खेलाडीहरूले सी यू सुन इन अष्ट्रेलिया (हामी छिट्टै अष्ट्रेलियामा भेट्ने छौँ) भन्ने पोस्टहरू भने राष्ट्रिय टिम पनि अभ्यासका लागि अष्ट्रेलिया जाने तयारी भएका कारण आएको पाठकले स्पष्ट पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस