काठमाडौँ । सुन चाँदीको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।