मन्त्री ज्वालाद्वारा द्रूत बस सेवाका लागि बनेको लेनको अनुगमन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मन्त्री ज्वालाद्वारा द्रूत बस सेवाका लागि बनेको लेनको अनुगमन


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भोलि संविधान दिवसका दिन काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सुर्यविनायकसम्म सञ्चालन हुन गइरहेको द्रुत बस सेवाको लागि निर्माण गरिएको सडक लेनको आज अनुगमन गरेका छन् ।

नेपालको इतिहासमै पहिलो पटक सञ्चालन हुन लागेको द्रुत बस सेवा भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म पाइलट प्रोजेक्टकका रूपमा बुधबार उद्घाटन हुन लागेको हो ।

हाललाई २५ वटा सार्वजनिक बस चल्नेछन् भने निकट भविष्यमा विद्यालयका बसहरू पनि द्रुत बस लेनबाट चल्नेछन् । सो बस सेवाको भोलि बिहान ९ः३० बजे रत्नपार्कको शान्तिवाटिकामा उद्घाटन हुने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस