मुलुकलाई सङ्कटबाट जोगाउन एमालेले बहुमत ल्याउनु पर्छ : ईश्वर पोखरेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुलुकलाई सङ्कटबाट जोगाउन एमालेले बहुमत ल्याउनु पर्छ : ईश्वर पोखरेल


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई सङ्कटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्।

मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए।

उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मसात् गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरूलाई एकताबद्ध भएर सम्पन्न गर्न सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे।

उनले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको सङ्कट समाधानका नेताको रूपमा चित्रण गरे। ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस