शिक्षक महासङ्घद्वारा सरकारसँगको वार्ता अस्वीकार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शिक्षक महासङ्घद्वारा सरकारसँगको वार्ता अस्वीकार


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।

महासङ्घले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।

तर शिक्षक महासङ्घ वार्तामा नगएको हो । जुन ठाउँबाट समस्याको समाधान हुँदैन, त्यहाँ वार्तामा जानुको अर्थ नभएको भन्दै बार्तामा नगएको महासङ्घको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस