त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर फेरि डाउन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर फेरि डाउन


२ आश्विन २०८०, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) हुँदा कम्तीमा तीन वटा उडानका सयौँ यात्रुको उडानमा ढिलाइ भइरहेको छ । त्यस्तै, विदेशबाट फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलायन्स रेप्रजेन्टेटिभ्स इन नेपाल (बान)’ का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन ।

सर्भर बिग्रिएका कारण अध्यागमनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।

सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाइ भइरहेको एक अर्का विदेशी वायुसेवाका नेपाली कर्मचारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस