शेखर कोइरालाले बोलाएको भेलामा प्रदीप पौडेल पनि नजाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शेखर कोइरालाले बोलाएको भेलामा प्रदीप पौडेल पनि नजाने


२ आश्विन २०८०, मंगलबार


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बेलाएको गुटको भेलामा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नजाने भएका छन् ।

केन्द्रीय समितिको बैठक बस्नुअघि नेता कोइरालाले बोलाएको छुट्टै भेलामा आफू सहभागी नहुने नेता पौडेलले बताए । उनले आफू काम विशेषले उपत्यका बाहिर जान लागेको बताए ।

इतर पक्षको भेलामा शेखरले महामन्त्री विश्वप्रकाश शर्मा र नेता पौडेललाई पनि पहिलो पटक बोलाएका थिए । तर, उनीहरू दुवै नजाने भएका छन् ।

शेखरले आफू पक्ष नेताहरूसँगको भेला साढे १ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्दै छ । बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएका छन् ।

असोज ४ मा बस्ने बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ । त्यसो त महामन्त्री शर्मा र पौडेल यसअघि महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसी निवासमा राखेको भेलामा सहभागी थिए । त्यहाँ नेता कोइराला उपस्थित थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस