अब सार्वजनिक सवारीको लागि छुट्टै लेन हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन हुने


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।

हाललाई भक्तपुरको सूर्य विनायकदेखि काठमाडौँको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो।

यही असोज ३ गतेदेखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौँको सडकमा रङ लगाइरहेको छ।

बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुवै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ।

सडक विभागका तर्फबाट केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रङ्ग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस