मीड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मीड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज २ गतेसम्म कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

मीड सोलुले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो। तर सर्वसाधारणलाई छुटाइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस