संविधान दिवसमा एमालेले ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संविधान दिवसमा एमालेले ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौँको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।

‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौँ । सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु हो, ओलीले भनेका छन्,‘जनस्तरबाटै भव्यस्तरमा मनाऔँ।’

अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो । त्यस समयमा पनि मर्निङ वाक आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस