सङ्घीयताको विरोधमा असोज ३ गते देशव्यापी प्रदर्शन गर्दै राप्रपा नेपाल « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

सङ्घीयताको विरोधमा असोज ३ गते देशव्यापी प्रदर्शन गर्दै राप्रपा नेपाल


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई सङ्कटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक सङ्घर्ष गर्नुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस