रूपान्तरण अभियान : काठमाडौँ उपत्यकामा ताकियो माओवादी सांसदको जिम्मेवारी  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रूपान्तरण अभियान : काठमाडौँ उपत्यकामा ताकियो माओवादी सांसदको जिम्मेवारी 


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको तीन महिने विशेष रूपान्तरण अभियानमा संघीय सांसदहरूलाई काठमाडौँ उपत्यकामा काम गर्ने जिम्मेवारी तोकेको छ ।

गत २५ भदौमा बसेको माओवादी केन्द्रीय कार्यालयले संसद बैठक र समितिका बैठकलाई असर नपुग्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई काठमाडौँ उपत्यकाभित्र जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

सांसदहरूलाई उपत्यकाको संयुक्त कमान्डले कार्यक्षेत्र व्यवस्थापन गर्ने छ ।

हाल काठमाडौँ उपत्यकामा उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुनले जिम्मेवारी पाएका छन् । शर्मा बागमती प्रदेशका इन्चार्ज हुन् भने पुन उपत्यका विशेष प्रदेशका इन्चार्ज हुन् ।

उपत्यकामा रहेका सांसदहरूलाई शर्मा र पुनको संयुक्त कमान्डले तीन महिने विशेष रूपान्तरण अभियानमा परिचालन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस