१०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । 

विभागले एन्टीबायोटिकको प्रयोगलाई न्यूनीकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत विभागको दाबी छ ।

विभागका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने विभागमा दर्ता गरिएका छन् ।

एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको बताइएको छ ।

एन्टीबायोटिक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न-नगराउन निर्देशन दिइएको छ । यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधिको समिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ । यस्तै विभागले अब त्यस्ता औषधिको पनि आपूर्ति र उत्पादन गर्न अनुमति नवीकरण गर्ने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस