तीनकुने हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

तीनकुने हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ ।

हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

घटनामा संलग्न आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

गएको शुक्रबार मध्यराति गैह्रीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस