नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृ शोक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृ शोक


१ आश्विन २०८०, सोमबार


काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज गङ्गालाल तुलाधरलाई पितृ शोक परेको छ ।

उपमहासचिव तुलाधरका पिता रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा निधन भएको छ । उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए ।

पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले शोक विज्ञप्ति जारी गर्दै रामबहादुरको निधनको खबरले अत्यन्तै मर्माहत तुल्याएको बताएका छन् ।

खनालले उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस