ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा  जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जङ्गलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो।

जहाजमा सवार यात्रु आन्तरिक पर्यटक भएको बताइएको छ। भारी वर्षा भएकाले ल्यान्डिङका क्रममा जहाज दुर्घटनामा परेको आशङ्का गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस