पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्वमा गौशाला मित्र पार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्र पार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस