९ जना चालक ट्राफिकको कारबाहीमा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

९ जना चालक ट्राफिकको कारबाहीमा 


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ। यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधनका चालकलाई प्रहरीले कारबाही गरेको छ । 

काठमाडौँको कीर्तिपुरमा शुक्रबार ट्राफिक प्रहरीको विशेष चेकिङका क्रममा ८० भन्दा बढी सवारी साधन चेक गरिएकोमा ब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस